नेभिगेशन
समाज

रुकुमका सञ्चारकर्मीलाई स्वास्थ्य प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण

  • लक्ष्मी खत्री

रुकुम पश्चिमका सञ्चारकर्मीहरुलाई स्वास्थ्य प्रवद्र्धन सम्बन्धी अभिमुखिकरण गरिएको छ । 

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा शनिबार मुसिकोट नगरपालिकामा सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न गरिएको हो ।

स्वास्थ्य क्षेत्रका प्राथमिकता बुझाउने, तथ्यमा आधारित स्वास्थ्य समाचार प्रवाह  प्रवर्द्धन गर्ने र स्वास्थ्य कार्यक्रमप्रति जनचेतना बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत काली बहादुर ओलीले  जानकारी दिनुभयो । 

कार्यक्रममा स्वास्थ्य र सञ्चारका सम्बन्ध, स्वास्थ्य समाचारको महत्व, स्वास्थ्य समाचार लेख्दा ध्यान दिनुपर्ने कुरा, स्वास्थ्य सम्बन्धी गलत सूचना र संचारकर्मीको जिम्मेवारी, सुर्तीजन्य पदार्थ र जनस्वास्थ्य, संचारकर्मीले उठाउन सक्ने विषय, स्वास्थ्य आपतकालीन अवस्थामा सञ्चार, स्वास्थ्य सेवा कार्यालयबाट उपलब्ध हुने सूचना, स्वास्थ्य क्षेत्रमा पत्रकारको भूमिका विषयमा सहजीकरण गरिएको थियो।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले, जनस्वास्थ्य अधिकृत  हरि बहादुर पुन, जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंह, निर्देशनालयका शाखा अधिकृत अध्यक्ष लक्ष्मीप्रसाद लामिछानेले लगायतले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज