नेभिगेशन
समाज

करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु

रुकुम पश्चिममा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका १ सहिद मैदान निवासी २५ वर्षीय सुन्दर भण्डारीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार आईतबार राती ११ मुसिकोट नगरपालिकाको मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा भण्डारीलाई करेन्ट लागेको थियो । 

साथीहरूसँग ब्याट्रीबाट करेन्ट लगाई माछा मर्ने क्रममा भण्डारीलाई करेन्ट लागेको थियो । घाईते अवस्थाका भण्डारीलाई उपचारकोलागि जिल्ला अस्पताल सल्ले ल्याईएकोमा आज बहिान ३ बजे चिकित्सबले मृत घोषणा गरेको डिएसपी पौडेलले जानकारी दिनुभयो । 

भण्डारीसँगै माछा मार्न गएका ४ जना साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्