नेभिगेशन
समाज

अस्पतालका चौकीदारको शव सानीभेरी नदिमा फेला

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -४ स्थित नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । आज सोमबार बिहान सानीभेरी नदिको नयाँखोलास्थित किनारमा शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद बहादुर पौडेलका अनुसार उक्त शव सानीभेरी गाउँपालिका -७ निवासी ४७ वर्षीय रामबहादुर ओलीको रहेको छ । ओली आईतबार दिउँसो नुहाउँने क्रममा सानीभेरी नदिमा बेपत्ता हुनुभएको थियो । 

ओली सानीभेरी गाउँपालिका अस्पतालमा सुरक्षा गार्ड (चौकीदार) पदमा कार्यरत हुुनुहुन्थ्यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्