नेभिगेशन
समाज

बालकल्याण माविमा लागु औषध बिरुद्ध सचेतना

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलाबाङस्थित बालकल्याण माध्यमिक विद्यालयमा लागु औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 

मंगलबार जिल्ला प्रशासन कार्यालयले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई जिल्लामा लागुऔषधको विद्यमान अवस्था, यसको न्यूनीकरणका लागि भएका प्रयास,  लागुऔषधको सेवन, ओसार पसार र बेचबिखनको सम्बन्धमा भएका कानुनी ब्यवस्था लगायतका विषयमा अन्तरक्रिया एवम् प्रशिक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी निशान राज गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेल, सहायक जिल्ला न्याधिवक्ता चन्द्र बहादुर सञ्जेल, विद्यालयका प्रधानाध्यापक लोक बहादुर  केसी , शिक्षक शिक्षक, लगायत एक सय बढी बढी बिद्यार्थीको सहभागीतामा रहेको थियो । 

लागु औषध बिरुद्ध सचेतना फैलाउने, यसको उत्पादन तथा प्रयोगमा नियन्त्रण ल्याउने र कानूनी व्यवस्थाहरु बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा वीरेन्द्र बिष्टले बताउनुभयो । 

lagu-aausadha-(2)-1781618863.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्