लोकप्रीय
थप समाज
कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ
शुक्रबार, असोज २, २०८३
संविधान दिवस : रुकुममा सरसफाई, फलफूल वितरण, शैक्षिक सहयोग र वृक्षारोपण सम्पन्न
शुक्रबार, असोज २, २०८३
आन्दोलन फिर्ता भएसँगै त्रिवेणी गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन नियमित
शुक्रबार, असोज २, २०८३
अत्याधिक रक्तश्राव भएकी महिलालाई हेलिकोप्टरमार्फत उद्धार
बिहीबार, असोज १, २०८३
रुकुमको जेठो विद्यालय ७५औ वर्षमा प्रवेश
बिहीबार, असोज १, २०८३
त्रिवेणीमा सामुदायिक विद्यालयको पठनपाठन अनिश्चितकालका लागि बन्द
बिहीबार, असोज १, २०८३
तीन वर्षसम्म चर्किएकै घरमा बास
बिहीबार, असोज १, २०८३
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३

यी संस्थाहरुको क्षमता अभिबृद्धि गरी उनीहरुलाई स्थानीय तह तथा विद्यालयस्तरमा समतामुलक र समावेशी शिक्षा नीति, अभ्यास तथा प्रणालीहरुको प्रभावकारी वकालत, प्रवद्र्धन र कार्यान्वयनमा योगदान गर्न सक्षम बनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको परियोजना प्रबन्धक चापागाईंले जानकारी दिनुभयो ।
एक्सेस परियोजनामार्फत एकिकृत रुपमा अगाडी बढ्नलाई छलफल र सहकार्य भईरहेको महाशाखा प्रमुख खड्काले बताउनुभयो । खड्काले तालिममा सहभागी संस्थाहरुले अब आफै प्रस्ताव तयार गरेर सोहिअनुसार काम पाउने र कार्यान्वयन गर्न सक्ने अवस्थामा पुगेको विश्वास जागेको बताउनुभयो ।
तालिममा सहभागी पहाडी क्षेत्र विकास अभियान जाजरकोटका सदस्य मेमा शाहले विभिन्न बिषयवस्तुहरुमार्फत नागरिक समाज संस्थाहरु बिचमा अनुभव तथा सिकाइ र असल अभ्यासहरु आदान प्रदान भएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा काम गर्ने संस्थाहरुको ज्ञान, सीप र क्षमता विकास गर्न तालिम महत्वपूर्ण भएको बताउनुभयो ।
तालिममा नागरिक समाज संस्थामा आवश्यक पर्ने नीति तथा रणनीतिहरु, समावेशी शिक्षा विधि र अवधारणा, बालिका तथा समावेशी शिक्षा सञ्जाल, समावेशी शिक्षाका मूल्य मान्यताहरु, समावेशी शिक्षा क्षेत्रका चुनौती र अवसरहरु, बजेट र श्रोत परिचालन, नागरिक समाज संस्थाले तयार पार्ने प्रस्तावना, प्रतिवेदन र कार्ययोजना, विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा नागरिक समाज संस्थाको भुमिका, एक्सेस परियोजनाले नागरिक समाज संस्थालाई प्रदान गर्ने अनुदान रकम लगायतका बिषयमा सहजीकरण गरिएको थियो ।








