नेभिगेशन
समाज

मुसिकोट १२ मा २५ महिलाको पाठेघरको क्यान्सर जाँच

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ मा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच सम्बन्धी एक दिने शिविर सम्पन्न भएको छ । 

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधबार आधारभूत स्वास्थ्य केन्द्र पुरिचौरमा शिविर सम्पन्न भएको हो । 

३० वर्ष माथिका महिलाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा २५ जनाको पाठेघरको क्यान्सर जाँच गरिएको जनस्वास्थ्य अधिकृत शिशिर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार २५ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्दा दुई जनामा क्यान्सरको शंका लागेर जिल्ला अस्पताल रिफर गरिएको छ भने तीन जनाको पाठेघर खसेको पत्ता लागेको छ । त्यसैगरी दुई जनाको पाठेघरमा रिङ राखिएको छ भने पाँच जनाको तल्लो पेट सम्बन्धी समस्या रहेको पत्ता लागेको छ ।  १२ जनाको भने सामान्य रहेको जनाईएको छ । 

शिविरमा मुसिकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत नर्सिङ अधिकृत कमला केसी, भलाक्चा स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ ज्योती केसी ओली, छिबाङ स्वाथ्य चौकीमा कार्यरत नर्सिङ कोली ओली बुढा लगायतको टोलीले जाँच गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्