नेभिगेशन
समाज

मुसिकोटमा मोटरसाईकल पड्काउनेलाई कारबाही

रुकुम पश्चिममा ट्राफिक नियम बिपरित कार्य गर्ने एक मोटरसाईकल चालकलाई पक्राउ गरेर कारबाही गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयले मोटरसाईकलको स्वरुप परिवर्तन गरेर ठुलो आवाजमा मोटरसाईकल चलाईरहेका एक जनालाई पक्राउ गरेर कारबाहि गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार कर्णाली प्रदेश ०२००१ प ०३३२ नम्वरको मोटरसाईकल र चालक टोपजंग देवकोटालाई नियन्त्रणमा लिएर कारबाहि गरिएको हो । 

देवकोटाले उक्त मोटरसाईकलको स्वरुप परिवर्तन गरेर ठुलो आवाज आउने बनाई तिब्र गतिमा चलाईरहेको बेला बुधबार प्रहरीले खलंगा बजारबाट नियन्त्रणमा लिएको थियो । 

प्रहरी निरीक्षक पुनले नियन्त्रणमा लिईएको मोटरसाईकललाई पुरानै अवस्थामा फर्काएको र चालकलाई एक हजार पाँच सय रुपियाँ जरिवाना समेत गरिएको जानकारी दिनुभयो । यसका साथै प्रहरीले ट्राफिक नियमको पालना गर्न सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्