नेभिगेशन
समाज

माछा मार्न गएका बालकको नदिमा डुबेर डुबेर मृत्यु

भेरी नदिमा डुबेर एक बालकको मृत्यु भएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ स्थित भेरीमा माछा मार्न गएका बालकको मुत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका ११ मटेला निवासी अजय गिरीका १४ वर्षीय छोरा अनिश गिरीाको मृत्यु भएको हो ।

धमिलो भएको भेरी नदिमा माछा मार्न भन्दै घरबाट झोलुङगे पुल तरेर रुकुम पश्चिम तर्फको नदि किनारमा आएका थिए । सोहि क्रममा उनी नदिमा डुबेका थिए । स्थानीयले उद्धार गरेर उपचारको लागि चौरजहरी अस्पताल पुर्याएको बेला चिकित्सकले अनिशलाई मृत घोषणा गरेका थिए । 

मृतक गिरीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल जाजरकोट पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । अनिश घरको एक्लो छोरा हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज