नेभिगेशन
समाज

जाजरकोटमा दादुराको कारण एक शिशुको मृत्यु, बढ्दै बिरामी

जाजरकोटमा दादुराको प्रकोप बढेको छ । दादुराको कारण भेरी नगरपालिका ११ मा एक जना शिशुको मृत्यु भएको छ । 

भेरी नगरपालिका ११ का वडा सदस्य शम्भु प्रसाद आचार्यका अनुसार स्थानीय आठ महिने शिशु सेतिका बिकको दादुराको कारण मृत्यु भएको हो । उहाँका अनुसार अचानक फैलिएको दादुराको कारण उक्त वडामा १९ जना बिरामी परेका छन् । 

दादुराको प्रकोप बढेपछि वडा नम्वर ११ र छिमेकी गाउँहरुमा भेरी नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको टोलीले उपचार तथा खोप कार्यक्रम सञ्चालन गरेको छ ।

वडा नम्वर ११ को पिपलबोट जडिबुटी संकलन केन्द्र पटाग्री जगतिपुरमा आज मात्र २४१ जनालाई दादुरा बिरुद्धको खोप लगाईएको वडा सदस्य आचार्यले जानकारी दिनुभयो । दादुराको प्रकोप बढेपछि यस क्षेत्रमा बिद्यालयहरु बन्द गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज