नेभिगेशन
समाज

सेरीगाउँमा दुई बालक अचेत अवस्थामा फेला 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरीगाउँमा दुई जना बालक बेहोस् अवस्थामा फेला परेका छन् । 

सेरीगाउँस्थित यज्ञबहादुर नेपालीको घरमा आज (सोमबार) बेलुका पौने ८ बजेको समयमा उनीहरुले अचेत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार यज्ञबहादुर नेपालीको नाति ११ वर्षीय निशान परियार र आठबिसकोट नगरपालिका ११ घर भई सेरीगाउँमा कोठा भाडामा बस्ने नैनसिंह पुनको छोरा ९ वर्षीय आलोक पुन मगर अचेत अवस्थामा फेला परेका हन् । 

उनीहरुलाई उपचारको लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । प्रहरी निरीक्षक पुनका अनुसार उनीहरुले बिषादी सेवन गरेको हुनसक्ने बताईएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुले कुन विषादी सेवन गरेका हुनु भन्ने बारेमा परिक्षण गरिरहेको बताउनुभयो । गम्भिर अवस्था उनीहरुको अवस्था अहिले सुधार हुँदे गएको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज