नेभिगेशन
समाज

गाराघाटमा नेपाली सेनाको विपत् प्रतिकार्य अभ्यास सम्पन्न

नेपाली सेनाको रुकुम पश्चिमस्थित चण्डी दल गणले सानीभेरी नदिमा सामुदायिक विपद् प्रतिकार्य अभ्यास सम्पन्न गरेको छ ।

सोमबार जिल्लाको मुसीकोट नगरपालिका १ र बाँफिकोट गाउँपालिकाको वडा नम्वर १० क्षेत्रमा पर्ने गाराघाटस्थित सानीभेरी नदिमा उक्त अभ्यास प्रदर्शन गरिएको हो ।

भारी बर्षाको कारण आउन सक्ने बाढी, डुबान एवम् पहिरो जस्ता प्राकृतिक विपदले पु¥याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै उक्त अभ्यास गरिएको चण्डीदल गणले जनाएको छ । नेपाली सेनाको “अभ्यास मनसुन –६” अन्तर्गत विपदसँग सम्बधित खबर संकलन, योजना तर्जुमा, फौजको तयारी, प्राप्त स्रोत र साधनको समुचित व्यवस्थापन तथा सरोकारवाला निकायसँगको समन्वयमा प्रभावितलाई तत्काल उद्धार तथा राहतको कार्य प्रभावकारी बनाउन उक्त प्रदर्शनी गरिएको छ  ।  

IMG_5308-1779702381.JPGचण्डीदल गणका उपसेनानी संजोग क्षेत्रीका अनुसार बाढी तथा डुवानमा परेकाहरुलाई उद्धार, उपचार र राहतको लागि अपनाईने विभिन्न चार किसिमका विधिहरु प्रदर्शनी गरिएको हो ।

उहाँले अन्डरवयर रिभर क्रसिङ, रो विधी (इम्प्रोमाईज), थ्रो ब्याक र ¥यापलिङ विधि मार्फत बाढी तथा डुबानमा परेकाहरुको उद्धार गरिने अभ्यास प्रदर्शनी गरिएको जानकारी दिनुभयो । ‘सजक नागरिक, सुरक्षित समाज’ भन्ने मान्यताका साथ विपद् पूर्वतयारी, प्रतिकार्य, उद्धार र राहत र पुनस्स्र्थापना कार्यको लागि सचेतना फैलाउन र अभ्यास गर्न उक्त अभ्यास गरिएको हो ।

IMG_5298-1779702447.JPGनदिमा सामुदायिक विपद् प्रतिकार्य अभ्यास कार्यक्रम जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल ४७ नम्वर गुल्म, नेपाल रेडक्रस सासाइटीको सहकार्य तथा समन्वयमा सम्पन्न गरिएको हो ।

उक्त प्रदर्शनीमा प्रमुख जिल्ला अधिकारी निशान राज गौतम, चण्डी दल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठ, प्रहरी नायक उपरीक्षक बेदबहादुर पौडेल, प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राणा, सशस्त्र प्रहरी बल ४७ नम्वर गुल्मका निमित्त गुल्मपति प्रहरी निरीक्षक दोर्णबहादुर बुढा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमपश्चिमका मन्त्री यज्ञबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो । 

IMG_5304-1779702379.JPG

IMG_5318-1779702383.JPG

IMG_5307-1779702377.JPG

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज