नेभिगेशन
समाज

आठबिसकोटमा बिद्युत मर्मत गर्न पोलमा चढेका युवाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । 

आठबिसकोट नगरपालिका -१३ धारापानी निवासी २५ वर्षीय प्रेम खत्रीको बिद्युतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार आज (बिहिबार) बेलुका करिब ६ बजे उहाँलाई करेन्ट लागेको हो । घर देखि करिब एक किलोमिटर टाढा रहेको बिद्युतको पोलमा चढेर बिद्युत मर्मत गर्ने क्रममा उहाँलाई करेन्ट लागेको हो । 

करेन्ट लागेपछि उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।

घटनाको सूचना लगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिजय चपागाँईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज