नेभिगेशन
समाज

कालिका लघुवित्तका सदस्यलाई ४ लाख २५ हजार राहत प्रदान

कालिका लघुवित्तीय संस्था शाखा कार्यालय रुकुम पश्चिमले शाखा कार्यालयमा आवद्ध सदस्यलाई राहत प्रदान गरेको छ । 

कालिका लघुवित्तमा आवद्ध भई कर्जा लगानी गर्नुभएका मुसिकोट नगरपालिका १३ का रविना रावतलाई चार लाख २५ हजार रुपियाँ राहत स्वरुप प्रदान गरिएको शाखा कार्यालयका प्रमुख सिर्जना केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रविनाका श्रीमानको दुर्घटनामा परेर मृत्यु भएको थियो । संस्थामा आवद्ध सदस्यको परिवारमा परेको घटनापछि चार लाख रुपियाँ राहत र २५ हजार किरिया खर्च प्रदान गरिएको हो । रविनाले २०८२ जेठ ६ गते दुई लाख रुपियाँ कर्जा लगानी गर्नुभएको थियो । 

राहत वितरण कार्यक्रम कोपिला पुन रोकाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मुसिकोट नगरपालिका १३ का वडा सदस्य वीरबहादुर रोकाको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका अनुगमन मुकाम वीरेन्द्रनगर सुर्खेतका अनुगमन अधिकृत मोहन न्यौपानेको विशेष आतिथ्यता रहेको थियो ।

संस्थाको मुसिकोट शाखा प्रमुख सिर्जना केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा मुसिकोट शाखाका कर्मचारी भरत बिसी र रमिता भण्डारीको पनि उपस्थित रहेको थियो । 

8d39f3d6-d8aa-4f8b-b7b6-808b9285d021-1777392419.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्