नेभिगेशन
समाज

सवारी दुर्घटना कम गर्न चालकहरुलाई अभिमुखीकरण 

रुकुम पश्चिममा विभिन्न यातायातका साधनहरुका चालकहरुलाई अभिमुखीकरण तथा उहाँहरुसँग अन्तरक्रिया गरिएको छ । स्वास्थ्य सेवा कार्यालयले आईतबार चालकहरुसँग अन्तरक्रियाका साथै अभिमुखीकरण गरेको हो । 

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य तथा परिवार कल्याण शाखा प्नमुख जनस्वास्थ्य अधिकृत हरी बहादुर पुन मगरका अनुसार सडक दुर्घटना कम गर्ने उद्धेश्यले उक्त कार्यक्रम गरिएको हो । जिल्लामा बिभिन्न समयमा सवारी दुर्घटना भएको र मानिसहरुको ज्यान जानेगरी घटनाहरु बढीरहेकोले दुर्घटना न्यूनिकरणका लागि अन्तरक्रियासँगै अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा जिल्लामा विभिन्न यातायातका साधनहरु सञ्चालन गरिरहेका चालकहरुलाई ट्राफिक नियम, कानुनी व्यवस्था लगायतका बिषयमा अभिमुखीकरण गरिएको हो । 

कार्यक्रमको सहजीकरण स्वास्थ्य सेवा  व्यवस्थापक डा. जीवन परियार र जिल्ला ट्राफिक कार्यालय प्रमुख नविन अधिकारीले गर्नुभएको थियो । 

स्वास्थ्य सेवा कार्यालयले जिल्ला ट्राफिक कार्यालयको सहजीकरणमा उक्त कार्यक्रम गरेको जनाएको छ । कार्यक्रम पश्चात सबैले ट्राफिक नियमको पालना गर्ने र दुर्घटना कम हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्