नेभिगेशन
समाज

शीतल क्याम्पसको अध्यक्षमा गणेश सर्वसम्मत

रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल क्याम्पसकाे  सञ्चालक समिति अध्यक्षतामा गणेश पोखरेल चयन हुनुभएकाे छ । बिहिबार सम्पन्न क्याम्पसको भेलाबाट पाेखरेलकाे अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन भएकाे हो ।

शीतल क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवम निर्वाचन समितिका निमित्त निर्वाचन संयोजक चन्द्र वहादुर चन्दले पोखरेल निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयाे । समितिको उपाध्यक्षमा अर्जुन लामिछाने चयन हुनुभएको छ भने सदस्यहरूमा चमेली सुनार, समीर केसी, सविन शर्मा, खीमा कुमारी रेग्मी जैसी चयन हुनुभएको छ । 

समितिको पदेन सदस्यहरुमा चौरजहारी नगरपालिका वडा नम्वर २ का अध्यक्ष वीरबहादुर राना, उद्योग वाणिज्य संघ चौरजहारीका अध्यक्ष प्रेम सुनार,  प्राध्यापक संघ सभापति भीमप्रसाद लामिछाने, स्ववियु सभापति प्रकाश डाँगी, चौरजहारी नगर प्रमुख, त्रिभुवन विश्व विद्यालय प्रतिनिधि रहनुभएको छ । समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख रमेश लामिछाने रहनुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्