नेभिगेशन
समाज

आठबिसकोटमा घर आगलागी हुँदा बालिका घाईते

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ७ मा स्थित एक घरमा आगलागी भएको छ । 

विहिबार दिउँसो साना बच्चाहरुले आगो खेलाउने क्रममा स्थानीय मनिषा बिकको घरमा आगलागी भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आगालगीबाट मनिषाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने उहाँको १२ वर्षीया छोरी करिष्मा बिक आगलागीमा परेर घाईते हुनुभएको छ । उहाँको दाहिने हातमा पोलिएको छ ।

आगलागीबाट मनिषाको एक घर जलेर पुर्णरुपमा नष्ट भएको छ । घरमा रहेका लात्ताकपडा, घर निर्माण गर्नको लागि राखिएका काठ (दार) लगायतका अन्य सामग्री जलेर नष्ट भएका छन् । आगलागिबाट करिव ३ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । 

आगलागी भएको खबर लगत्तै नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्