नेभिगेशन
समाज

चौरजहारीको सल्लेरीमा एक पुरुषको शव फेला

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ मा एक पुरुषको शव फेला परेको छ । 

शुक्रबार दिउँसो सर्केनाको सल्लेरीस्थित जंगलमा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार शवको पहिचान हुन सकेको छैन । 

शव सडेको अवस्थामा रहेको डिएसपी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त शव अन्दाजी ४० वर्षीय पुरुषको रहेको छ । सडकबाट करिब २० मिटर तल खसेको अवस्थामा शव रहेको छ । 

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज