नेभिगेशन
समाज

रुकुम पूर्वमा जिल्ला अस्पतालकाे नवनिर्मित भवन उद्घाटन

रुकुम पूर्वमा नवनिर्मित अस्पताल भवनको समुद्घाटन गरिएको छ । 

आईतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्ला सदरमुकाम रुकुमकोटमा रुकुम पूर्व जिल्ला अस्पताल भवनको उद्घाटन गर्नु भएको हो ।  सिस्ने गाउँपालिका –५ स्थित नयाँ अस्पताल भवन ५० शय्याको रहेको छ ।  

२०७८ सालमा निर्माण सुरु गरिएको यो भवन गत पुसमा निर्माण सम्पन्न भएको थियो । संघीयतापछि रुकुम पूर्व छुट्टै जिल्ला बनेपछि २०७४ यता साविकको इलाका स्वास्थ्य कार्यालयको भवनबाटै जिल्ला अस्पतालको सेवा संचालन भैरहेको थियो । अब यो भवन बनेपछि कार्यालयको सेवा प्रवाह पनि सहज बनेको छ । 

जिल्ला अस्पताल ५० शय्याको हुनुपर्ने भए पनि भौतिक एवम् प्राविधिक जनशक्ति अभावका कारण विगतमा १५ शय्यासम्मको सेवा दिँदै आएकामा यो नयाँ भवनमा ५० शय्याकै लागि संरचना बनेको छ । तर हाल यसबाट पनि ३०–३५ शय्यासम्मको सेवा दिन सकिने अस्पताल प्रमुख डा. कृष्ण खरालले बताउनुभयो। 

यसको औपचारिक उद्घाटन आईतबार गरिएको भए पनि करिब २ साताअघिदेखि यस भवनबाट सेवा भने सुरुवात गरिसकिएको अस्पतालले बताएको छ ।

670436052_122301087632029817_7620055399940045942_n-1776092221.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्