नेभिगेशन
समाज

जाजरकोटमा ग्याँस सिलिण्डर लिक भएर आगलागी, घाईते तीन जनालाई हेलिकोप्टरमार्फत उद्धार

जाजरकोटको नलगाड नगरपालिका –२ छेप्का स्थित एक घरमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको छ। आगलागीमा परेर एकाघरका तीन जना घाईते हुनुभएको छ । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आज बिहान स्थानीय थालु प्रसाद जैसीको घरको भान्साकोठामा खाना पकाउने क्रममा सिलिन्डर लिक हुँदा आगलागी भएको हो।

आगलागीबाट सोही घरका तीन जना घाईते हुनुभएको छ । घाइते हुनेमा ४२ वर्षीया माया जैसी, २२ वर्षीय गणेश गौतम र ३७ वर्षीया रुपा जैशी रहनुभएको छ । उहाँहरुको अवस्था गम्भिर रहेको बताईएको छ । 

घाईते तीनै जनालाई नगर अस्पताल दल्लीमा उपचारपछि थप उपचारको लागि काठमाडौं पठाईएको छ । उहाँहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारको लागि काठमाडौंतर्फ लिईएको हो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्