नेभिगेशन
समाज

लेखा अधिकृत ओलीले गरे श्रीमतीको हत्या

नेपाल सरकारको एक जना लेखा अधिकृतले धारिलो हतियार प्रयोग गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० घर भई हाल दांगको तुलसीपुरमा बस्ने गोपाल ओलीेले २७ वर्षीया कमला ओलीको हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घटना बिहिबार साँझ साढे सात बजेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका १९ दोघर्रेमा बस्दै आएका ३४ बर्षीय ओलीले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका हुन् ।

श्रीमानले धारिलो हतियार प्रहार गर्दा टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी कमलाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रहरीले ओलीलाई पक्राउ गरेको छ । उनी वन कार्यालय वीरगंजमा लेखा अधिकृत पदमा कार्यरत छन् । केहि वर्षदेखी उनीहरु दांगमा बस्दै आएका थिए । 

गत चैत १ गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा उनका भाई महेन्द्र ओलीले झोलुङगे पुलबाट हाम्फालेर आत्महत्या गरेका थिए । गोपाल भाईको काजकिरियाको लागि रुकुम आएका थिए । भाईको काजकिरिया सकेर दाङ गएका उनले श्रीमतीको हत्या गरेका हुन् ।

उनीहरुका एक छोरा र एक छोरी रहेका छन् । जानकारी अनुसार लामो समयदेखी उनीहरु बिच बेमेल रहेको थियो । मृतक कमला हिंसाको सिकार बन्दै आएकी थिईन् । घटनाको थप अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्