नेभिगेशन
समाज

दुर्गम गाउँमा रहेको स्वास्थ्य केन्द्रलाई औषधी हस्तान्तरण

रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका २ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र पेल्मालाई औषधि हस्तान्तरण गरिएको छ । 

नेपाली सेनाको चण्डीदल गण र साझा मुराल अस्पताल प्रा.लि.ले सेवा केन्द्रलाई औषधी उपलब्ध गराएका हुन् । चण्डीदल गणका सेनानी सुस्पन कटुवाल र साझा मुराल अस्पताल प्रा.लि.का प्रबन्ध निर्देशक डा.पुनले स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अनमी रश्मीका घर्तीमगरलाई औषधीहरु हस्तान्तरण गर्नुभएको हो । 

औषधी हस्तान्तरण गर्नुहुँदै डा. पुनले दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरुमा हुने औषधीको अभावलाई मध्यनजर गर्दै औषधी उपलब्ध गराईएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा केन्द्रलाई उपलब्ध गराईएका औषधीहरुले यहाँका सर्वसाधारणहरु बिरामी हुँदा उपयोग हुने र स्वास्थ्य अवस्था जोखिम हुनबाट जोगिने विश्वास गर्नुभयो ।  

डा.पुनले यातायात सुविधा नपुगेको, सेवा केन्द्रमा पर्याप्त औषधी नभएको सूचना पाएकोले स्वास्थ्य सेवा केन्द्रमै पुगेर औषधी हस्तान्तरण गरिएको जनाउनुभयो । हस्तान्तरण गरिएका औषधीहरुमा ज्वरो, रुघाखोकी, पखाला, ग्याष्ट्रिक, लुतो, निमोनिया लगायतका बिरामीहरुको लागि अत्यावश्यक औषधीहरु रहेका छन् ।

नेपाली सेनाको चण्डीदल गणले पनि सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुर्याउन, ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न बस्तीस्तरमा स्वास्थ्य शिविर गर्नुका साथै औषधी उपलब्ध गराउँदै आएको छ । औषधी हस्तान्तरण कार्यक्रममा जिल्ला अस्पताल रुकुम पूर्वका डा.कृष्ण खराल, चण्डीदल गणका सेनानी सुस्पन कटुवाल लगायतको उपस्थिति रहेको थियो । 

WhatsApp-Image-2026-03-24-at-11.52.34-PM-1774375769.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्