नेभिगेशन
समाज

उपचारको लागि आर्थिक समस्या भएका बिरामीलाई युवाहरुको सहयोग

रुकुम पश्चिमको चौरजहारीका युवाहरुले आर्थिक अभावका कारण उपचारमा समस्या रहेका बिरामीलाई सहयोग गरेका छन् ।

चौरजहारी नगरपालिका –१ का युवाहरुले जाजरकोटको बारेकोट गाउँपालिका –१ निवासी १५ वर्षीया सरस्वती घर्तीलाई आर्थिक सहयोग जुटाएर हस्तान्तरण गरेका हुन् । 

खुट्टा भाँचिएपछि चौरजहारी अस्पतालमा उपचाररत घर्तीलाई थप उपचाका लागि आर्थिक समस्या भईरहेको सुनेर युवाहरुले रकम संकलन गरेको चौरजहारी नगरपालिका –१ का नारायण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अस्तालममै पुगेर उहाँलाई १८ हजार ४५० रुपियाँ हस्तान्तरण गरिएको हो । 

स्थानीय युवाहरु यज्ञश बिष्ट, राजु गहतराज लगायतको पहलमा रकम संकलन गरिएको हो । यस अघि यहाँका युवाहरुले अस्पतालमा रगत आवश्यक भएका बिरामीहरुको लागि रक्तदान लगायतका कार्यमा सहयोग गर्दै आईरहेका छन् । 

बिरामी घर्तीलाई उपचारमा आर्थिक समस्या भएको सुनेर युवाहरुको पहलमा स्वतस्फूर्तरुपमा रकम संकलन गरेर दिईएको हो । बिरामी घर्तीले उक्त रकमले आफ्नो उपचारमा ठुलो सहयोग पुग्ने बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्