नेभिगेशन
समाज

आठबिसकोटमा ढुङ्गाले लागेर घटनास्थलमै एक जनाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठबिसकोट नगरपालिका–८ चुर्तीपाखा निवासी ४० वर्षीय बलबहादुर नेपालीको मृत्यु भएको हो।

घटना आइतबार साँझपखको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार घर निर्माणका लागि ढुङ्गा निकाल्ने क्रममा एक्कासी माथिबाट ढुङ्गा खस्दा टाउकोमा लागेर बल बहादुरको घटनास्थलमै मृत्यु भएको खबर प्रहरीलाई आएको थियो।

लगत्तै इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईंको कमाण्डमा पाँच जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी टोलीले थप अनुसन्धान गर्दा मृतक जंगलमा काठको मुडा पल्टाउने क्रममा ढुङ्गाले चोट लागेर मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालेको जनाएको छ।

प्रहरीले मुचुल्का कार्य सम्पन्न गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्