नेभिगेशन
समाज

छिवाङ नजिकै सानीभेरीमा एक महिलाको शव फेला 

रुकुम पश्चिमस्थित सानीभेरी नदि किनारमा एक महिलाको शव फेला परेको छ । 

जिल्लाको मुसिकोट नगरपालिका १३ छिवाङ नजिकै भेरी नदिमा आज महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार माछा मार्न गएका स्थानीयले नदि किनारमा शव रहेको भनि खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेको छ । 

शवको पहिचान भने भएको छैन । प्रहरीले घटनास्थलमा आवश्यक कानूनी प्रक्रियाका कार्य तथा अनुसन्धानका काम जारी राखेको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्