नेभिगेशन
समाज

एम्बुलेन्समा आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्समाथि आक्रमण प्रयास तथा तोडफोड गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

गए राति करिब भेरीगंगा नगरपालिका–११ सादिखोलामा रुकुम पश्चिमको चौरजहारीबाट बिरामी लिएर हिँडेको एम्बुलेन्सलाई मदिरा सेवन गरेका ५/६ जनाको समूहले रोकेर चालकमाथि हातपात गर्ने प्रयास गरेका थिए। उक्त एम्बुलेन्स सल्यान कुमाख गाउँपालिका–३ निवासी ३२ वर्षीय वसन्त शर्माले चलाइरहेका थिए।

घटनापछि चालक शर्माले इलाका प्रहरी कार्यालय छिन्चूमा जानकारी गराएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। तर, प्रारम्भिक खोजतलासका क्रममा सो क्षेत्रमा संकास्पद व्यक्ति फेला परेका थिएनन् र एम्बुलेन्स गन्तव्यतर्फ अघि बढेको थियो।

आज बिहान करिब ९ बजे चालक शर्माले एम्बुलेन्सको पछाडिको सिसा फुटेको जानकारी पुनः प्रहरीलाई दिएपछि अनुसन्धान तीव्र बनाइएको हो। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले भेरीगंगा नगरपालिका–११ कै २० वर्षीय प्रबिण गहतराज, १८ वर्षीय विशाल विक र १९ वर्षीय विशाल विकलाई नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्