नेभिगेशन
समाज

रुकुम कारागारभित्रै अचेत भएका एक कैदीबन्दीको मृत्यु

रुकुम पश्चिमस्थित कारागार कार्यालयमा अचेत बनेका एक कैदीबन्दीको मृत्यु भएको छ । 

जिल्लाको बाँफिकोट गाउँपालिका १० निवासी ५९ वर्षीय मनबहादुर बुढाको आज बिहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेतिर बुढा अचानक बेहोस भएपछि उपचारको लागि तत्कालै जिल्ला अस्पताल सल्लेमा लिईएको थियो । उहाँको श्वासप्रश्वासमा समस्या देखिएको थियो । 

उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । 

उपचारका संलग्न डा. मितु सदाशंकरका अनुसार बुढालाई अत्याधिक रक्तचाप, श्वासप्रश्वास र मधुमेहको समस्या देखिएको थियो । उपचारको क्रममा बिहान ५ बजे मृत घोषणा गरिएको थियो । 

बुढा कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगिरहनु भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज