नेभिगेशन
समाज

हावाहुरी चलेको बेला रुखकाे ओत लाग्न गएका सानीभेरीमा एक पुरुषको रुखले नै च्यापिएर मृत्यु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -५ हाँसुमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ ।

आइतबार बेलुका चलेको हावाहुरीको कारण ओखरको रुख भाँचिदा रुखले च्यापिएर हाँसु गाउँका ५५ वर्षीय धने खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार ‎मिस्त्री काम गरेर घर फर्कने क्रममा चलेको हावाहुरीले ओखरको रुखको हाँगा भाँचिदा खत्रीलाई च्यापेको थियो । हावाहुरी चलेको बेला सुरक्षित हुनको लागि उहाँ रुखको ओत लाग्नु भएको थियो । ओत लागेको रुख नै भाँचिएपछि उहाँलाई च्यापेको थियो । 

घर पुग्न करिब ३ सय मिटर दुरी रहेको थियो । घटनास्थलमै खत्रीको मृत्यु भएको उहाँले जनाउनुभयो । 

घटनास्थलमा प्रहरी चौकी मग्माबाट प्रहरी सहायक निरीक्षक भिमबहादुर रावतको नेतृत्वमा प्रहरी टोली गएको छ । आवश्यक कागजी प्रक्रिया पुरा गरेर पोष्ट मार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याउने तयारी भईरहेको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्