नेभिगेशन
समाज

प्रेममा धोका पाएको भन्दै यस्तो लेखेर पुलबाट हाम्फालेका थिए १७ वर्षीय महेन्द्रले

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगास्थित बहाराटाकुरा र सल्ले जोड्ने झोलुङगे पुलबाट हाम्फालेर ज्यान गुमाएका १७ वर्षीय किशाेरले हाम्फालु अघि सामाजिक सञ्जाल फेसबुकमा मर्दैछु भनेर लेखेको पाईएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिका १० सालघारी निवासी कर्णबहादुर ओलीका छोरा १७ वर्षीय महेन्द्र ओलीले आज बिहान पुलबाट हाम्फालेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार पुलबाट करिब दुई सय मिटर तलको खोल्सामा महेन्द्रकाे शव भेटिएको छ । 

मुसिकोट नगरपालिका १ स्थित कारागार नजिकै कोठा भाडामा बस्दै आएका महेन्द्र कक्षा १२ मा अध्ययनरत थिए । प्रेम सम्बन्धमा खटपट भएपछि महेन्द्रले आत्महत्याको बाटो अंगालेको बताईन्छ । 

पुलबाट हाम्फाल्नु अघि उनले म यसकै कारण मर्दैछु भने एक किशोरीसहितका फोटा र स्टाटस पोष्ट गरेको देखिन्छ । उनले स्टाटसमा यस्तो लेखेका छन् :- 

"म यसकै कारण मर्दै छु पहिला माया गर्छु भनेर आस देखायि मन्दिर नि लगि यो केटिले त सबलाइ यस्तै गर्ने रहेछे सुरु सुरुमा माया गरे। जस्तै गर्ने पछि पुरानो हुदै गय पछि बानिब्बाहर मन परेन रे सरि आमा बुबा दिदि दाइ यसलाई सजाय दिनु होला अनि मात्र मेरो आत्मा ले सान्ति पाउछ यो पापिनिलाइ Sorry Aama buba DD daii vauju Description: 😭म मर्यो भनेर चिन्त नगर्नु होला अरु नि हुनुहुन्छ दाइ हरु म पर्द मा केहि हुदैन यो पापिनी लाइ‌ सजाय दिनु होला,Description: 😭Description: 😭Description: 😭Description: 🥺Description: 🥺"status---Copy-1773541071.jpg
प्रहरीले घटनास्थल मुचुल्काको काम भईरहेको जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्