नेभिगेशन
समाज

सशस्त्र प्रहरीमा भर्ना भएका निर्वाचन प्रहरीको विदाई

रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भर्ना भएका निर्वाचन प्रहरीको विदाई गरिएको छ । 

बिहिबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी बल नेपाल, ४७ नम्वर गुल्म रुकुमपश्चिमले उनीहरुको बिदाई गरेको हो । निर्वाचन प्रहरीहरुलाई प्रमाण पत्र, पुष्पगुच्छा सहित टिका लगाएर बिदाई गरिएको सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ९६ जना निर्वाचन प्रहरीलाई औपचारिक रुपले धन्यवाद ज्ञापनसहित बिदाई गरिएको हो । 

उक्त अवसरमा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक जगदिशचन्द्र हमालले बिशिष्ट परिस्थितिमा भएको निर्वाचनको शान्ती, सुरक्षा र व्यवस्थापनमा निर्वाचन प्रहरीले अमूल्य योगदान दिएको बताउनुभयो । उहाँले हरेक नेपालीले राष्ट्रका लागि योगदान दिने महत्वपूर्ण मौका निर्वाचन रहेको उल्लेख गर्नुहुँदै जिम्मेवारी पुरा गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । 

निर्वाचन सम्पन्न गर्न बोकेको जिम्मेवारी अब समाजको हितमा समेत उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । असल मनका साथ गाउँघर, समाजको सेवा, विकास र समृद्धिमा योगदान दिन र निर्वाचन प्रहरी हुँदाका बखत सिकेको ज्ञान र सीप समाजमा लागु गर्न समेत उहाँले अनुरोध गर्नुभयो । 

उहाँले निर्वाचन प्रहरीले पाउनुपर्ने सम्पूर्ण सेवा सुविधाहरु पनि उपलब्ध गराईसकिएको जानकारी दिनुभयो । 

विदाई कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिं धामी, प्रहरी निरीक्षक झक्कु प्रसाद शर्मा, त्रिजमाविका शिक्षक सुनिल शाह, सशस्त्र प्रहरी कार्यालयका अधिकृतहरु, निर्वाचन प्रहरीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शसस्त्र प्रहरी नायब निरीक्षक मधु गौतमले गर्नुभएको थियो । 

649748380_894265156764462_2285789446177023789_n-1773309566.jpg

649081779_981498081527940_3149510864458682409_n-1773309587.jpg

646284951_2735792940147001_3604435072992685067_n-1773309566.jpg

647419081_1272767791417498_5141934207448161382_n-1773309564.jpg

649711845_1656851189020119_1307308585410102774_n-1773309559.jpg

649358007_1456994639136364_2896526075742547674_n-1773309561.jpg

646499827_2331042177406669_3541543574624914981_n-1773309561.jpg

646404647_34329879213323144_3086755763226116977_n-1773309563.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्