नेभिगेशन
राष्ट्रिय

अवैध गोदाममा प्रहरीको छापा, तस्करको आक्रमणबाट तीन प्रहरी घाइते

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं‍ १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रूपमा भण्डार गरी राखेको ७ लाख मूल्य बढीको कपडा बरामद गरेको छ । 

सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएका थिए ।

तस्कर समूहको ढुङ्गामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ भने ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय