नेभिगेशन
समाज

त्रिवेणीमा घर फर्कदा लडेका पुरुषको मृत्यु 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० मा लडेर घाईते भएका एक पुरुषको मृत्यु भएको छ । 

वडाको टोट्टे निवासी ४८ वर्षीय बिनोद ओलीले मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार आज दिउँसो गाउँबाट घरतर्फ फर्कने क्रममा उहाँ बाटोबाट करिब १० मिटर तल खसेर घाईते हुनुभएको थियो । 
मादक पदार्थ सेवन गरेको कारण उहाँ सडकबाट लडेको र शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ । लडेर गम्भिर घाईते अवस्थाका ओलीलाई जिल्ला अस्पताल सल्लेमा उपचारको लागि ल्याईएको र उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । 

मृतकको शव अहिले जिल्ला अस्पतालमै रहेको र भोली पोष्टमार्टम पश्चात आफन्तजनलाई बुझाईने बताईएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्