नेभिगेशन
समाज

विजयश्वरीमा सफल अभिभावकका लागि प्रेरणादायी तालिम

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित विजयश्वरी सेकेन्डरी इङ्लिस मिडियम बोर्डिङमा सफल अभिभावक बन्ने सीप सम्बन्धि एकदिने प्रेरणादायी तालिम सम्पन्न भएको छ।

प्रभावकारी अभिभावकत्व, विद्यार्थी–केन्द्रित पारिवारिक सहयोग र गुणस्तरिय पारिवारीक शिक्षण वातावरणका बिषयमातालिम केन्द्रित भएको थियो । विद्यालयमा अध्ययनरत बालबालिकाको आचरण र सिकाइ प्रक्रियामा असल अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा एकदिने सफल अभिभावकत्व कार्यक्रम सञ्चालन गरिएको स्कुलका प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो ।

623464994_921960416972789_8514617196464520622_n-1769700083.jpgप्रिन्सिपल थापाले तालिमले अभिभावकहरुको भूमिका थप सशक्त हुने र विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीको पहिलो पाठशाला अभिभावक नै भएकाले आफ्ना बालबालिकाको रेखदेख, आनीबानी र स्वयं अभिभावकले पूरा गर्ने जिम्मेवारीका विषयमा शैक्षिक अभियान्ता क्षेत्रप्रसाद ज्ञवालीले सफल अभिभावकत्व कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

उत्प्रेरक तथा प्रशिक्षक ज्ञवालीले विद्यार्थीका अभिभावकलाई बालबच्चाको मनोविज्ञानसँग जोडेर आफ्नो सन्तानको शिक्षा दिक्षा तथा कर्तव्यलाई बोध हुनेगरी महत्त्वपूर्ण प्रशिक्षण दिनुभएको थियो । 

623246598_921961273639370_4495232407106641675_n-1769700081.jpgयसले सफल अभिभावकत्व कार्यक्रममा सहभागी भएका अभिभावकलाई आफ्ना बालबालिकाको भविष्यका बारेमा थप चिन्तन मनन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ । प्रशिक्षक ज्ञवालीले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक उपलब्धि, अनुशासन एवं संगीतमय पिटी तथा उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । 

विद्यालय सञ्चालक समितिका अध्यक्ष अनिता कुमाई भण्डारीको अध्यक्षता रहेको उक्त कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र के.सी.को प्रमुख आतिथ्यतामा रहेको थियो ।  

सकारात्मक भूमिका लगायतका विषयमा प्रेरणादायी प्रशिक्षण प्रदान गर्नुभयो। तालिममा ६०० भन्दा बढी अभिभावकहरूको उपस्थिति रहेको विद्यालयले जनाएको छ । 

622280195_921961120306052_1717407676145219698_n-1769700079.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्