नेभिगेशन
समाज

बिजयश्वरीका शिक्षकलाई प्रेरणादायी प्रशिक्षण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मा रहेको बिजयश्वरी सेकेन्डरी इङ्लिस मिडियम बोर्डिङ स्कुलमा एक दिने प्रेरणादायी प्रशिक्षण सम्पन्न भएको छ । 

कार्यरत शिक्षकहरुलाई सहभागी बनाएर स्कुलले प्रशिक्षण कार्यक्रम गरेको हो । प्रेरणादायी कक्षाको सहजीकण प्रशिक्षक क्षेत्रप्रसाद ज्ञवालीले गर्नुभएको स्कुलका प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो । 

तालिममा विजयश्वरी एकेडेमि र विजयश्वरी सेकेण्डरी वोर्डिङ स्कुलमा कार्यरत ७५ जना शिक्षकहरु सहभागी रहनुभएको थियो । प्रिन्सिपल थापाका अनुसार तालिममा संस्कार, कक्षाकोठा व्यवस्थापन, पेशाप्रतिको सर्मपण लगायतका विषयमा उत्प्रेरक प्रशिक्षण दिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज