नेभिगेशन
अन्तराष्ट्रिय

अमेरिकामा पनि रुकुमेलीको जनसम्पर्क समिति, सभापतिमा मनमोहन

स्थायी ठेगाना साबिक रुकुम भई हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका रुकुमेलीहरुले रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति गठन गरेकाछन् । 

समितिका निवर्तमान सभापति एवम् नर्दन क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिकाका बरिष्ठ उपसभापति बिनोद पुनका अनुसार रोजगारी र अन्य क्रममा अमेरिकाको क्यालिफोर्नियामा रहेका रुकुमेलीहरु संगठित भई रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति गठन गरिएको हो । अधिवेशनबाट पश्चिमको चौरजहारी नगरपालिका ११ घरभ्ई हाल अमेरिकामा रहनुहुने मनमोहन शाहलाई सभापतिमा निर्वाचित चयन हुनुभएको छ ।  

जनसम्पर्क समितिको वरिष्ठ उपसभापतिमा ललित बिष्ट, उपसभापतिमा तिलक भण्डारी र घनश्याम खड्का मगर, महासचिवमा उमेश खड्का, सचिवमा दिपेश ओली र विजय ओली, कोषाध्यक्षमा पम्फा ओली खड्का र सह–कोषाध्यक्षमा प्रवीण खत्री रहनुभएको छ । 

त्यसैगरी सदस्यहरूमा तिलक पुन मगर, शेखर बटाला, ठगेन्द्र खड्का, दिनेश केसी, कमल खत्री, ध्रुवराज कुसारी, हरिजङ्ग विष्ट, भोला कुसारी, मोतीराम कुसारी, आदित्य केसी, गङ्गाराम खत्री, लाल बहादुर कुसारी, ध्रुब पुन मगर र भूपाल कुसारी निर्वाचित हुनुभएको छ । 

सबै कार्यसमिति सर्वसम्मत चयन भएको हो ।  जनसम्पर्क समितिले रुकुमेलीको एकता, हक हितमा काम गर्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्तराष्ट्रिय

सोलाबाङका गिरी भारतमा बेपत्ता