नेभिगेशन
अन्तराष्ट्रिय

अमेरिकामा गाडीले ठक्कर दिँदा एक रुकुमेली युवाको मृत्यु

अमेरिकाको सान्फ्रान्सिस्को क्यालिफोर्नियामा शनिबार बिहान ३ बजे गाडी दुर्घटनामा परेर एक रुकुमेली युवाको मृत्यु भएको छ । 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका ८ माथिल्लो आमडाँडा निवासी २८ वर्षीय विनोद बुढाथोकीको गाडीको ठक्करबाट मृत्यु भएको हो । 

पार्किङ गरेर राखेको आफ्नो कार निकालेर सडक क्रस गर्ने क्रममा पछाडीबाट आएको गाडीले विनोदको गाडीलाई ठक्कर दिएको र गम्भिर घाईते भएपछि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको खबर आएको उहाँका मामा नरबिर खड्काले जानकारी दिनुभयो। 

लामो समय रोजगारीका लागि कोरियामा रहनुभएका विनोद कोरियाबाट फर्केर डेढ वर्ष अघि अमेरिका जानुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्तराष्ट्रिय

सोलाबाङका गिरी भारतमा बेपत्ता