नेभिगेशन
समाज

सल्लेबाट हेलिकोप्टमार्फत सुत्केरी र नवजात शिशुको उद्धार

नेपाली सेनाको हेलिकोप्टरमार्फत रुकुम पश्चिमको मुसिकोट निवासी एक सुत्केरी र उहाँको नवजात शिशुको उद्धार गरिएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ गाउँबारीकी निवासी २२ वर्षीया विष्णु केसी र उहाँको नवजात शिशुलाई उद्धार गरेर आज नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सुत्केरी व्यथा लागेपछि आईतबार जिल्ला अस्पताल सल्लेमा ल्याईएकी केसीले शल्यकियामार्फत बच्चा निकालिएको थियो । 

बच्चामा श्वासप्रश्वासमा समस्या भएपछि सम्भावित जोखिमबाट बच्न थप उपचारका लागि एनआईसियुको आवश्यकता रहेको तर उक्त सुविधा जिल्लामा नरहेकोले सुविधा सम्पनन अस्पतालमा पठाईएको सहायक प्रजिअ अ‍ोलीले जानकारी दिनुभयो ।  

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरेर आज दिउँसो सुर्खेत पठाइएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज