नेभिगेशन
समाज

शीतल क्याम्पसमा ‘स्व.चिरञ्जीवी लामिछाने स्मृति अक्षषकोष’ स्थापना

रुकुम पश्चिमको चौरजहारीस्थित शीतल क्याम्पसमा ‘स्व.चिरञ्जीवी लामिछाने स्मृति अक्षषकोष’ स्थापना गरिएको छ । 

चौरजहारी नगरपालिका –१ निवासी चिरञ्जीवी लामिछानेको ३२ वर्षको उमेर गत माघ ५ गतेका दिन मोटरसाईकल दुर्घटनामा परेर निधन भएको थियो । छोराको प्रथम स्मृति दिवसको अवसरमा उहाँका बुवा टिकाराम लामिछानेले उक्त कोष स्थापना गर्नुभएको हो । 

कोषको राशी एक लाख एक हजार १११ रुपियाँ रहेको छ । आज क्याम्पसमा भएको औपचारिक कार्यक्रमका बिच स्व. चिरञ्जीवीका बुवा टिकारामले उक्त रकमको चेक क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर खड्का र क्याम्पस प्रमुख रमेश लामिछानेलाई हस्तान्तरण गर्नुभएको हो । 

चेक हस्तान्तरण गर्नुहुँदै उहाँले आफ्नो सन्तान पढेको शिक्षालयमा प्रथम बार्षिकीको सन्दर्भ पारेर अक्षयकोष निर्माण गरेको बताउनुभयो । कान्छो छोरा चिरञ्जीवीको आत्मको शान्ती र घर परिवारको सन्तुष्टिका लागि समेत यो कोष निर्माण गरेको उहाँको भनाई छ । मृतकका बुवा टिकारामले यस अक्षयकोषको लाभांसमार्फत प्राप्त हुने रकम क्याप्सनमा अध्ययनरत गरिब, जेहेन्दार तथा दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका सन्तानलाई छात्रबृत्ति वापत प्रदान गर्न क्याम्पसलाई अनुरोध गर्नुभयो । 

33f92272-a5d0-431a-92d5-5e5f6511832f-1768802297.jpgयस अवसरमा क्याम्पस प्रमुख रमेश लामिछानेले स्व. चिरञ्जीवीको आत्मको चिर शान्तीको कामना गर्दै परिवारका तर्फबाट महत्वपूर्ण कार्यको थालनी गरेको बताउनुभयो । उक्त कोषको लाभांसबाट प्राप्त हुने रकमले हरेक वर्ष चिरञ्जीवीको स्मृति दिवसको अवसरमा छात्रबृत्ति प्रदान गरिने उहाँले जानकारी दिनुभयो । 

क्याम्पस सञ्चलक समितिका अध्यक्ष खुमबहादुर खड्काको अध्यक्षतामा भएको अक्षयकोष स्थापना कार्यक्रममा स्व. चिरञ्वीवीका बुवा टिकाराम लामिछाने, कान्छा बुवा शिवकुमार लामिछाने, परिवारका अन्य सदस्यहरु, ईष्टमित्र, शिक्षाप्रेमी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण क्याम्पसका कार्यक्रम संयोजक खिम लामिछानेले गर्नुभएको थियो । 

गत वर्ष माघ ५ गतेका दिन घर नजिकै मोटरसाईकल दुर्घटनामा परेर चिरञ्जीवीको घटनास्थलमै मृत्यु भएको थियो । 

dfbd91fb-7c61-40e3-8d70-4e37879be687-1768802297.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्