नेभिगेशन
समाज

डा.गोविन्द केसी रुकुममा

चर्चित अर्थोपेडीक डा. गोविन्द के.सी.रुकुम पश्चिमको चौरजहारी आईपुग्नु भएको छ । 

स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै विभिन्न समयमा अनसन बसेर सरकारको ध्यानाकर्षण गराउदै आउनुभएका डा.केसी शनिबार चौरजहारी नगरपालिका १० स्थित सहित स्मृति नगर अस्पतालमा आउनुभएको हो । 

डा. केसी हाडजोर्नी र नसा सम्बन्धी उपचार सेवाको लागि आउनुभएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार डा.केसीले माघ ४ गते देखि ८ गतेसम्म  हाडजोर्नी र नसा सम्बन्धी उपचार सेवा दिनुहुनेछ । 

दुर्गम ठाउँमा पुगेर बिरामीलाई उपचार सेवाका दिने क्रममा उहाँ सहिद स्मृति अस्पतालमा आउनुभएको हो । डा.केसीले दिने उपचार सेवा शिविर नभइ नियमित उपचार सेवा अन्तर्गत रहेको ढकालले जनाउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्