नेभिगेशन
समाज

गणेशले श्रीमतीको टाउकोमा सनासो बजारेपछि ...

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ मा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ७४ वर्षीय गणेशबहादुर कामीले ६५ बर्षीया श्रीमती पम्फा कामीको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार गणेशले मादक पदार्थ खाएको बेला गत माघ १ गते राती श्रीमतीको टाउको र हातमा सनासोले हानेर गम्भिर घाईते बनाएका थिए । घाईतेलाई शुक्रबार दिउँसो मात्र जिल्ला अस्पताल सल्लेमा ल्याईएको थियो । 

अवस्था गम्भिर भएपछि थप उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा शुक्रबार बेलुका पम्फाको बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । 

प्रहरीले गणेशलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्