नेभिगेशन
समाज

भातको गास सर्किएर बेहोस भएका बटालाको मृत्यु

आफ्नै श्रीमतीको साथमा खाना खान बसेका यहाँका एक पुरुषको खानाको गास सर्किएपछि मृत्यु भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ का ३८ वर्षीय मेघराज बटालाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटना शुक्रबार साँझको हो । बेलुकाको पौने आठ बजे आफ्नो श्रीमतीको साथ खाना (भात) खान लागेका बटालालाई एक्कासी सर्को पर्यो । उहाँ बेहोस् हुनुभयो । तत्कालै आफन्त र गाउँलेहरुले चौरजहारी अस्पतालमा पुर्याए । अस्पताल पुर्याउँदा साढे नौ भईसकेको थियो । 

अस्पतालका चिकित्सकले बटालालाई सोहि समयमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक हरि प्रसाद पुनले जानकारी दिनुभयो । मृतक बटालाको जिल्ला अस्पताल सल्लेमा शव पोष्टर्माटम गरेर आजै अन्तिम संस्कार गरिएको छ । 

बटाला विजयश्वरी चौरजहारी सुख्खा खानेपानी संस्थामा पलम्बर पदमा कार्यरत थिए । खानेपानीको लाईन र अवस्था हेर्नलाई मैखारामा संस्थाले पलम्बर बस्नको लागि टहरो बनाईदिएको थियो । टहरामा श्रीमतीको साथ बस्दै आएका बटालालाई घाँँटीमा भात अड्किएर सर्को परेको थियो । 

उहाँका दुई छोरी र एक छोरा रहेका छन् । बच्चाबच्चीहरु घरमै हजुरआमा र हजुरबुवाको साथमा बस्ने गरेका थिए । एक छोरीको भने विवाह भईसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्