नेभिगेशन
समाज

कर्णालीको पहिलो महिला प्रमुख जिल्ला अधिकारी हमालको डोल्पामा पदस्थापना

कर्णालीकाे जुम्ला निवासी जुनु हमाल ढकाललाई सरकारले डोल्पाको प्रमुख जिल्ला अधिकारी पदमा खटाएकाे छ । गृह मन्त्रालयमा कार्यरत हमाललाई डोल्पामा पदस्थापना गरी खटाइएको हो ।

जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ४ मा जन्मनु भएका हमाल साविक कर्णाली निवासी प्रमुख जिल्ला अधिकारी हुने पहिलो महिला हुनुहुन्छ । यस अगाडि नेपाल सरकार उद्योग मन्त्रालयमा काम गरिरहनुभएका उहाँ गृहमन्त्रालयमा सरुवा पश्चात डोल्पाको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

नवनियुक्त डोल्पाका प्रमुख जिल्ला अधिकारी हमालले २०६९ सालमा प्रशासन तिरको शाखा अधिकृत पदमा नाम निकाल्न सफल हुनु भएको थियो भने २०८१ साउनमा उपसचिव पदमा नाम निकाल्न सफल हुनुभएको थियो ।

जुम्ला निवासी नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा चितवन जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले साविक कर्णालीबाट महिला प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल पहिलो हुनुभएकोमा बधाइ दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज