नेभिगेशन
समाज

भूकम्पले क्षति गरेको जिल्ला प्रहरी कार्यालयको भवन पुनर्निर्माण सुरु

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको भवन पुनर्निर्माण हुन थालेको छ । 

मुसिकोट नगरपालिका १ स्थित प्रहरी कार्यालयको पुरानो भवन २०८० साल कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । 

निर्माण सुरु भएको १५ महिना भित्र भवन हस्तान्तरण हुने गरेर ठेक्का सम्झौता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रमेश बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच करोड ४२ लाख लगानीमा भवन निर्माणका लागि सम्झौता भएको छ । नेपाल सरकारले विनियोजन गरेको वजेटमार्फत ठेक्का आह्वान भएर भवन पुनर्निर्मााण कार्य सुरु भएको हो । भवन निर्माणको ठेक्का एमपी कन्ट्रक्सनले पाएको छ । 

20260108_090626-1768277440.jpgयसका साथै जिल्ला प्रहरी कार्यालयको प्रि–फ्याब संरचनासहितको अर्को भवन पनि निर्माण सुरु भएको छ । नेपाल सरकारको समन्वयमा जापान, युएनडीपी, युएन–एचएबीआईटिएटिको सहयोगमा उक्त भवन निर्माण सुरु भएको हो । फिक्सिट  ईन्जिनियरिङ प्रा.लि.ले यो भवनको निर्माण जिम्मा पाएको छ । आगामी चैत मसान्तसम्म निर्माण सम्पन्न भईसक्ने यस भवनको लागत ३५ लाख ६२ हजार ११२ रुपियाँ ३४ पैसा रहेको छ । 

जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रहरुमा जीविकोपार्जन सुधार र विपद् उत्थानशील सुदृढीकरण परियोजना अन्तर्गत यो भवन निर्माण हुन थालेको हो । 

भूकम्पले भवन क्षति गरेपछि जिल्ला प्रहरी कार्यालय नै भौतिक पूर्वाधारको अभावमा रहदै आएको छ । अहिले कार्यालयका सामाग्री तथा ब्यारेकहरु भाडाको घरमा राख्नुपरेको बताईएको छ । 
नयाँ भवन निर्माण भएपछि पूर्वाधार अभावको समस्या हट्ने विश्वास रहेको डिएसपी बिष्टले उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरु भने भवन अभावमा सेवा प्रवाह गर्दै आएका छन् । कतै जीर्ण भवनमै जोखमि मोलेर कार्यालय सञ्चालन भईरहेका छन् भने कतै भाडाको घरमा सञ्चालन भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

डिएसपी बिष्टले कार्यालयको जग्गा भएको स्थानहरुमा भवन निर्माणको लागि विभिन्न कार्यालयहरुसँग समन्वय गरिरहेको जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज