नेभिगेशन
समाज

विजयश्वरीको ३० औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

  • घनश्याम खड्का

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ मा रहेको विजयश्वरी सेकेन्डरी इंग्लिस मिडियम बोर्डिङ स्कुलले आफ्नो ३० औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले उत्साह, उमंग र खुसीका साथ बार्षिकोत्सव मनाएको जनाएको छ।

स्थापनाको तीन दशक पुरा भएको अवसरमा एक औपचारिक कार्यक्रम आयोजना गरेर शुभकामना साटासाट गरिएको छ । विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति भएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिता कुमाई भण्डारीले गर्नुभएको थियो।

दीप प्रज्वलनसँगै सुरु गरिएको कार्यक्रममा सामुहिक केक काट्ने बिशेष कार्यक्रम आयोजना गरिएको थियो। विद्यालयका संस्थापक, व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूले संयुक्त रूपमा केक काट्दै एक–अर्कासँग खुसी साटासाट गरेका थिए।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा विविध प्रस्तुति प्रस्तुत गरेका थिए । 

विद्यालयका प्रधानाध्यापक जयबहादुर थापाका अनुसार विद्यालयले विगत तीन दशकदेखि ग्रामीण क्षेत्रमा गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ। आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै अनुशासन र व्यवहारिक शिक्षामा थप ध्यान दिइने जानकारी उहाँले दिनुभयो।

विद्यालय प्रशासनले ३० वर्षे यात्रामा निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

601342799_1417304160010130_3266092399105528766_n-1768232003.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्