नेभिगेशन
समाज
आफनो एफ.एम. १० औं वर्ष प्रवेश

जेष्ठ नागरिकलाई रेडियो र न्यानो कपडा, बिरामीलाई फलफूल वितरण

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सञ्चालित सामुदायिक रेडियो आफ्नो एफ.एम. ९० थोप्लो ४ मेगाहर्ज १० औं वर्ष प्रवेश गरेको छ । 

स्थापना दिवसको अवसरमा रेडियोले विविध कार्यक्रम समेत सम्पन्न गरेको छ । मानव विकास तथा सामुदायिक सेवा र चौरजहारी सामुदायिक विकास केन्द्रद्वारा यस रेडियोले चौरजहारी अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गर्नुभका साथै न्यानो कपडा र रेडियो सेट समेत वितरण गरेको छ । 

रेडियोका प्रवन्ध निर्देशक गोपालप्रसाद रेग्मीका अनुसार अस्पतालमा भर्ना भएका ६० जना बिरामीलाई फलफुल वितरणसहित स्वास्थ्य लाभको कामना गरिएको छ भने चौरजहारी नगरपालिका भित्रका, अपांगता भएका व्यक्ति, दिर्घरोगी, एकल महिला र जेष्ठ नागरिकहरुलाई डिजिटल रेडियो सेट र  न्यानो कपडा  वितरण गरिएको छ । रेग्मीले १० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा, फाईवर सिरक र १८ जनालाई डिजिटल रेडियो सेट हस्तानतरण गरिएको जानकारी दिनुभयो । 

६० वर्षदेखि १०२ वर्ष उमेर समुह तथा शारिरीक अपांगता भएका व्यक्तिहरुका लागि घरमै पुगेर मानव विकास तथा सामुदायिक सेवाका रेडियो प्रसारण विभाग संयोजक विजय मानन्धरले न्यानो कपडा तथा रेडियो सेट हस्तान्तरण गर्नुभएको हो । 

614373931_122300973098011582_7093377095424180429_n-1768115295.jpgजिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर १ स्याउलीवजारवाट नियमित प्रसारणमा रहेको रेडियो आफनो एफ.एफ.ले दैनिक १७ घण्टा प्रसारण सेवा दिदै आईरहेको छ । २०७३ साल पौष २७ गते स्थापना भएको रेडियोले समाचार, सूचना, मनोरञ्जन लगाएतका विविध कार्यक्रमहरु संचालन गर्दैआईरहेको छ ।

यसका साथै रेडियो आफनो एफ.एम.ले आफनो स्थापना भएको ९ वर्ष पुरा गरी १० औं वर्ष प्रवेशको अवसरमा १ सय वाट क्षमताको विस्तार गरी ५ सय वाट बाट आफनो प्रसारण सेवा सुरु गरेको छ ।

यस रेडियोले वार्षिकोत्सवको अवसरमा विगतमा पनि शारिरीक अपांगता भएका व्यक्तिहरुलाई  ह्वीलचियर वितरण, भूकम्पपीडित परिवारहरुलाई  खाद्यन्न वितरण, रक्तदान, पत्रकारिता तालिम, न्यानो कपडा वितरण, जिल्ला कारागार रुकुम पश्चिममा रहेका कैदी वन्दीहरुलाई फलफुल एवम उत्प्रेरणामूलक पुस्तक हस्तान्तरण,  पत्रकारहरुका लागी टर्चलाईट वितरण लगाएका कार्यक्रमहरु गरेको थियो । 

फलफुल वितरण, न्यानो कपडा तथा रेडियो सेट वितरण कार्यक्रममा रेडियोमा कार्यरत कर्मचारी पत्रकार, चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, रेडियोका संस्थापक विजय माननन्धर लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज