नेभिगेशन
समाज

रुकुममा करिब ३ करोडको लागतमा आँखा उपचार केन्द्रको भवन निर्माण कार्यको शुभारम्भ

रुकुम सर्जिकल आँखा उपचार केन्द्रको भवन निर्माण शुभारम्भ कार्यक्रम भएको छ। 

पश्चिमको मुसिकोट नगरपालिका १, सल्लेमा निर्माण हुने भवनको २ करोड ८७ लाख लागत अनुमान गरिएको छ। 

राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकाय र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बिहिबार भवनको औपचारिक रुपमा शिलान्यास गर्नुभएको छ। 

कार्यक्रममा बोल्नुहुँदै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले रुकुम अस्पतालको सेवालाई स्वस्थ्य उपचारसँगै  चिकित्सा शिक्षासंग जोड्नुपर्ने धारणा राख्नुभएको छ। यसका लागि संभावित कार्यहरू गर्न प्रदेश सरकारले योजनाबद्ध तरिकाले काम गर्ने बताउनुभएको छ। 

रुकुम जिल्लाका नागरिकको स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधार विकासमा सरकारी प्राथमिकता भइरहेको जिकिर गर्नुभयो। आगामी दिनमा कर्णालीका संभावित क्षेत्रहरूमा स्वास्थ्य शिक्षा सञ्चालन गरिने स्पष्ट पर्नुभएको छ। 

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय माननीय मिलन खड्का, माननीय तुलसा मल्ल, नगर प्रमुख महेन्द्र केसी, उपप्रमुख बिमल कुमार पुन लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 

सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको आर्थिक लगानीमा आँखा उपचार केन्द्रको भवन निर्माण हुन लागेको हो । केन्द्रका प्रमुख धनबहादुर केसीका अनुसार एक वर्षभित्र भवन निर्माण भईसक्ने सम्झौता रहेको छ । केन्द्रको भवन तीन तला र १७ कोठाको हुने उहाँले जानकारी दिनुभयो । 

612102047_122189947280465232_7747992320436050470_n-1767867530.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज