नेभिगेशन
समाज

रुकुम पश्चिम: गाउँघर स्वास्थ्य क्लिनिकका सहयोगी खोलामा मृत फेला

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका -१ रोकाजाखेत स्यालाखदीमा एक पुरुष मृत फेला परेका छन्।

स्थानीय अधेरीखोलामा सोही वडा निवासी ४५ वर्षीय नर बहादुर यरी मृत अवस्थामा फेला परेको स्थानीय लाल बहादुर बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार येरी सोही वडाको गाउँघर स्वास्थ्य क्लिनिकमा कार्यालय सहयोगी पदमा कार्यरत हुनुहुन्थ्यो।

उहाँको शव आज बिहान खोलामा फेला परेको हो । यरी सोमबार कार्यालयबाट घर फर्कदै गर्दा खोलामा लडेको हुनसक्ने बताइएको छ । 

घटना बारे प्रहरीलाई जानकारी गराइसकेको बुढाले बताउनुभयो । प्रहरी घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज