नेभिगेशन
घटना/दुर्घटना

रोल्पामा जीप दुर्घटना : रनिङ शिल्डबाट फर्कंदै गरेका २ विद्यार्थीको मृत्यु, ९ जना घाइते

रोल्पामा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

सुनछहरी गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी दिपा पुन र सुनिल विकको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन्, जसमध्ये तीन जना शिक्षक हुन् । 

स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि घाइतेलाई बुटवलको लुम्बिनी सिटी अस्पताल रिफर गरिएको छ । 

राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लिएर फर्किंदै गरेका शिक्षक-विद्यार्थी सवार ग १ ज ६६६६ नम्बरको बोलेरो गाडी वडा नम्बर १ स्थित गाम खोलामा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा दुई विद्यार्थीको मृत्यु भएकोप्रति दु:ख व्यक्त गर्दै गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना