नेभिगेशन
समाज

प्रदेश मन्त्री बुढाद्वारा योजना अनुगमन र अन्तरक्रिया

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा लगायतको टोली प्रदेश सरकारले सञ्चालनले गरेका विभिन्न योजनाहरुको स्थलगत अनुगमनको लागि रुकुम पश्चिम हुँदै डोल्पा पुगेको छ । 

शुक्रबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –४ बगेना सञ्चालित खानेपानी तथा सिंचाईका योजनाहरुको अनुगमन गरेर शनिबार डोल्पा जिल्लाका विभिन्न योजनाहरु अनुगमन गरिएको छ ।

मन्त्री बुढाका प्रेस संयोजक लक्ष्मण केसीका अनुसार बगेनामा भएको स्थानीयवासीहरुसँगको छलफलमा मन्त्री बुढाले सरकारले लगानी गरेका योजनाहरुमा स्थानीयले चासो राख्न र प्रभावकारी रुपमा सम्पन्न गर्न आह्वान गर्नुभएको छ । उहाँले ग्रामीण क्षेत्रमा खानेपानी, जलस्रोत र सिंचाईका योजनाहरुलाई प्राथमिकता दिन आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो । सक्रिय जनसहभागिता विना योजनाहरुको सहि कार्यानवयन र दिगोपना नहुने मन्त्री बुढाको भनाई रहेको छ । 

मन्त्री बुढाको टोलीले शनिबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –१ मा निर्माणाधिन कोटजिउँला सिंचाई आयोजनाको स्थलगत अनुगमन गरेको छ । सो क्रममा मन्त्री बुढाले सरोकारवाला र स्थानीयवासीहरुसँग योजनाको प्रगती, कार्यान्वयनमा देखिएका समस्या र आगामी कार्ययोजना बारेमा छलफल गर्नुभएको छ । 

यसैगरी मन्त्री बुढाले खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय डोल्पामार्फत कार्यान्वयन भईरहेका योजनाहरुको बारेमा जानकारी लिनुभएको छ । मन्त्री बुढालाई कार्यालय प्रमुख ई. प्रकाश गिरीले चालु आर्थिक वर्ष ०८२/०८३ मा स्वीकृत योजनाहरुको कार्यान्वयन र प्रगतीको बारेमा जानकारी गराउनुभएको छ । 

मन्त्री बुढाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जनहितको पक्षमा काम गर्न निर्देशन समेत दिनुभएको छ । उहाँले प्राप्त योजनाहरु समयमै सम्पन्न गर्न तथा गुणस्तरियतामा ध्यान दिनुपर्ने बताउनुभएको छ । मन्त्री बुढाले योजनाहरुमा सबै समुदाय र क्षेत्र समेट्न र बेरुजु घटाउनतर्फ ध्यान दिन समेत निर्देशन दिनुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज