नेभिगेशन
समाज

राप्ती समाज युकेद्वारा जनचेतना आविका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८ स्थित जनचेतना आधारभूत विद्यालय लसुनबारीमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराईएको छ । 

बुधबार विद्यालयमै पुगेर मुसिकोट नगरपालिकाका उप प्रमुख बिमल कुमार पुनले बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो । 

राप्ती समाज युकेको सहयोगमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको उप प्रमुख पुनले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा अधययनरत बालबालिकाहरुलाई झोला, कापी लगायतका शैक्षिक सामाग्री उपलब्ध गराईएको हो । 

उप प्रमुख पुनले बालबालिकालाई अत्यावश्यक रहेका सामाग्रीहरु सहयोगका लागि अनुरोध गरिएपछि उक्त सहयोग प्राप्त भएको बताउनुभयो । यस अवसरमा उहाँले सहयोग तथा सहजीकरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने हाल युके निवासी दिनेश खड्का र सुर्यबहादुर बुढालाई बिशेष आभार प्रकट गर्नुभएको छ । 

र्शक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा वडा नम्वर ८ का वडा अध्यक्ष जयबहादुर थापा, विद्यालयका शिक्षक तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज