नेभिगेशन
समाज

रुकुममा बाख्रा चराउन गएकी महिलाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -१ मा बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार बाँफिकोट गाउँपालिका वडा नम्वर १ निवासी ३१ वर्षीया सुनिता बिकको रेवतखोला भन्ने ठाउँमा मृत्यु भएको हो । 

घटना आज दिउँसोको हो । बाख्रा चराउन जङगल गएको बेला भिरबाट खसेको ढुङगा लागेर सुनिताको मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । भिरमा बाख्रा चराउन छोडेर आफु भिर तलको भागमा बसेको बेला माथिबाट आएको ढुङगाले लागेर घटनास्थलमै उहाँको ज्यान भएको उहाँले बताउनुभयो । 

सुनिताको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज